Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लि. बीऊ प्रशोधन मेशीनरी शिलबन्दी बोलपत्रद्वारा खरिदको पुनः ७ दिने सूचना प्रथम पटक प्रकाशित मिति: २०८०-११-२१ दोस्रो पटक प्रकाशित मिति: २०८०-०१-०४ दरभाउ पत्र पेश गर्ने अन्तिम मिति २०८१-०१-१० संस्थाको मिति २०८०/१२ / २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयाअनुसार, कृषि ज्ञान केन्द्र झापाको आ.व. २०८० / ०८१ को वार्षिक कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा यस संस्थालाई खाद्यान्न लगायत दलहन, तेलहन बालीको बीऊ प्रशोधन गर्ने मेशीनरी खरिद सम्बन्धी प्रथम पटक प्रकाशित मिति २०८० – ११ – २१ सूचनामा सार्वजनिक खरिद ऐन अन्तर्गत इच्छुक बीऊ प्रशोधन मेशीनरी उत्पादक तथा उत्पादक कम्पनीका आधिकारिक वितरकहरुले आजको मितिले ७ दिनभित्र कार्यालय समयमा शिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि पुनः ७ दिने सूचना प्रकाशित गरिएको छ । प्रस्तावित मेशीनरीको प्राविधिक विवरण संस्थाको कार्यालय तथा कृषि ज्ञान केन्द्र झापाबाट रु. १००० शुल्क तिरी उपलब्ध हुनेछ । यसअघि बोलपत्र खरिद गरेका कम्पनी तथा फर्मका हकमा पुनः शुल्क लाग्ने छैन । शिलबन्दी दरभाउ पत्रसँग पेश गर्नुपर्ने आवश्यक कागजातहरु : १. कम्पनी / फर्म दर्ताको प्रमाणपत्र २. गत आ.व. को कर चुक्ता प्रमाणपत्र ३. उत्पादक कम्पनी भए तत् सम्बन्धी कार्य अनुभव र वितरक भए सम्बन्धित उत्पादक कम्पनीको आधिकारिकताको कागजात तथा सहकार्य गरेको समयावधि ४. प्रस्तावित रकमको न्युनतम २.५ प्रतिशत रकम संस्थाको एक्सेल डेभलपमेन्ट बैंक, शनिश्चरे शाखाको खाता नं. ०७००२००१५५८१८४०००००१ जम्मा गरेको बैंक भौचर । ५. प्रस्तावित मेशीनरीको प्रति इकाई दरभाउ मूल्य, मेशीनरीको कोटेशन, क्याटलग, ब्रुसर लगायत मेशीनरीसँग सम्बनिधत अन्य कागजात अनिवार्य समावेश गर्नुपर्नेछ । ६. वितरकले हालसम्म बीऊका मेशीनरी सप्लाई कार्य गरेको विवरण तथा सम्बन्धित संस्थाको नो अब्जेक्सन सर्टिफिकेट ७. मेशीनरी तथा मेशीनरी पार्टस्को ग्यारेन्टी, वारेन्टी तथा बिक्री पछिका सोवा र सेवाको अवधि अन्य व्यवस्था : १. शिलबन्दी दरभाउ पत्र पेश गर्ने अन्तिम मिति सार्वजनिक विदा परेमा भोलिपल्ट कार्यालय समयमा पेश गर्न सकिने छ । २. शिलबन्दी दरभाउ पत्र पेश गरेको अन्तिम मितिको भोलिपल्ट ११ बजे सम्बन्धित संस्थाको पदाधिकारी / प्रतिनिधिको उपस्थितिमा शिलबन्दी दर भाउपत्र खोलिनेछ तर पदाधिकारी / प्रतिनिधि अनुपस्थित रहेमा दरभाउ पत्र खोल्न बाधा पर्ने छैन । ३. पेश भएका दरभाउ पत्र स्वीकृत वा अस्वीकृत गर्ने र अन्य वैकल्पिक व्यवस्थाबाट खरिद गर्ने सम्पूर्ण अधिकार संस्थाको सञ्चालक समितिमा रहने छ । अन्य जानकारीको लागि : ९८०१४०१३११, ९८४२६३३७६८, ९८१५०६४८०७

S.No
Caller's Name & Address
Items / Description
Published Date
Source
Submission Date
1
Arjundhara Nagar Bikas Multipurpose Cooperative Corporation Limited
Supply Seeds Processing Machinery Items
16/04/2024
7th Day