Merchandise Now
१२ बैशाख २०८२, शुक्रबार

त्रि. वि. महेन्द्र बहुमुखी क्याम्पस

नेपालगन्ज

सूचि दर्ता गराउने सम्बन्धी सूचना

(दोस्रो तथा अन्तिम पटक प्रकाशित मिति २०८१/०४/२५)

यस क्याम्पसलाई आ.व. २०७१/०७२ को लागि तपसिल बमोजिमका सामाग्री तथा सेवाहरु उपलब्ध गराउने प्रयोजनका लागि सेवा प्रदायकहरुको सूचि सुचिकृत गरिने भएको हुँदा सूचिमा दर्ता हुन ईच्छुक नेपाल सरकारबाट इजाजत प्राप्त फर्म तथा सप्लायर्सहरुले निम्न लिखित कागजातहरु संलग्न गरी मिति २०८१/०४ / ३१ गते भित्र आफुले चाहेको कार्यको लागि छुट्टाछुट्टै आवेदन पेश गर्न हुन सूचित गरिन्छ । आपूर्ति गराउनु पर्ने सामान तथा सेवाहरु १. विद्युतीय उपकरण कार्यालय उपकरण (कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेशिन, यू. पी. एस., ब्याट्री, इन्वर्टर मेसिन, CC Camera, A. C. आपूर्ति, मर्मत र तिनका पार्टपूर्जा (आपूर्ति) २. इलेक्ट्रिक्स (विद्युतिय सामान) ३. छपाई तथा डिजाईन सम्बन्धि कार्यहरु ४. स्टेशनरी सामाग्रीहरु (मसलन्द तथा विविध) ५. पुस्तक आपूर्ति सम्बन्धी कार्य ६. खेलकुद सामाग्रीहरु आपूर्ति ७. खेलकुद सम्बन्धी ड्रेस ८. मेडिसिन तथा सर्जिकल सामाग्री आपूर्ति ९. विज्ञान प्रयोगशाला सम्बन्धी उपकरण | तथा सामाग्री आपूर्ति १०. फर्निचर सामाग्री तथा मर्मत कार्य ११. प्लम्वीङ्ग सामान आपूर्ति १२. विज्ञापन एजेन्सी १३. EXDEL (डाँक सेवा) १४. इन्टरनेट सेवा प्रदायक १५. निर्माण कार्यका परामर्श तथा निर्माण / मर्मत कार्य १६. होटल तथा लजले उपलब्ध गराउने सेवाहरु   पेश गर्नु पर्ने कागजातहरु १. फर्म र कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी, २. PAN / VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, ३. आ.व. २०७९ / ०८० को कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपी, ४. आधिकारिक डिलर एवं वितरक भए सो पुष्टि गर्ने प्रमाणपत्रको प्रतिलिपी । शर्तहरु १. म्याद नाघि पेश हुन आएको, आवश्यक प्रमाणपत्रहरुको प्रतिलिपी संलग्न नभएको निवेदन उपर कुनै कारवाही हुने छैन । २. प्रत्येक वस्तु तथा सेवाको लागि छुट्टा छुट्टै निवेदन दर्ता गराउनु पर्नेछ । ३. सूचिकृत भएका फर्म एवं कम्पनीले सन्तोषजनक सेवा, सामान आपूर्ति नगरेमा सूचिबाट हटाउन सकिनेछ । ४. सूचिकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस क्याम्पसमा निहित रहनेछ । ५. सूचि दर्ताको अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र निवेदन दर्ता गराउन सकिनेछ ।

क्याम्पस प्रमुख